arrow

बाइडेनद्वारा एसियामा चीनविरुद्धको आर्थिक योजनाको खुलासा 

जापान पुगेका बाइडेनले पहल गरे 'एसिया–प्रशान्त व्यापार सम्झौता', १३ मुलुक संस्थापक सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
jobiden-fumio-kishida.png

काठमाडौं । दक्षिण कोरियाको भ्रमण गरी जापानको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले एक नयाँ एसिया प्रशान्त व्यापार पहल सम्झौताको घोषणा गरेका छन् । एसियाली क्षेत्रमा चीनको बढ्दो व्यापारिक तिव्रतालाई टक्कर दिनका लागि बाइडेनले यो नयाँ व्यापार सम्झौता अघि सारेको बताइएको छ ।

म‌गलबार मे २४ तारिखमा जापानमा क्वाड सम्मेलन हुँदैछ । अमेरिका, जापान, भारत र अष्ट्रेलियाको संयुक्त गठबन्धन क्वाडमा सहभागी हुन यी चारै देशका प्रमुख नेता जापानमा छन् ।

त्यसअघि ठीक अघिल्लो दिन सोमबार मे २३ मा बाइडेनले इन्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीईएफ) को उद्घाटन गरेका हुन् । 

जापानका प्रधानमन्त्री फुमियो किशिदासँगै भएको पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले भनेका छन्, ‘संयुक्त राज्य अमेरिका र जापानले अन्य ११ राष्ट्रसँग मिलेर इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रोस्परिटी’ को शुरुआत गर्नेछन् ।

बाइडेनले अघि भनेका छन्, २१ औं शताब्दीमा आर्थिक प्रतिस्पर्धात्मकता सुनिश्चित गर्न सबैभन्दा महत्त्वपूर्ण चुनौति रहेकोमा यो यो फ्रेमवर्क यस क्षेत्रका हाम्रा नजिकका साथीहरू र साझेदारहरूसँग काम गर्ने प्रतिबद्धता हो।

अमेरिकाको नेतृत्वमा रहने यो इन्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्कको संस्थापक सदस्य अमेरिका, अस्ट्रेलिया, ब्रुनाई, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम रहेका छन् ।

अमेरिकाका अनुसार यो सम्झौताले यसमा सामेल हुने देशहरूलाई आपूर्ति श्रृंखला लचिलोपन, डिजिटल व्यापार र  जलवायु परिवर्तन जस्ता मुख्य मुद्दाहरू सुल्झाउने तरिका प्रदान गर्नेछ। 

यद्यपि यो सम्झौताले देशहरूलाई ट्यारिफ राहत वा बजार पहुँच प्रदान गर्दैन।

यो फ्रेमवर्कले यसमा सामेल देशहरूलाई व्यापारका विभिन्न पक्षमा वार्ता गर्न र चीन लगायत सम्भावित भविष्यका सदस्यहरूलाई कसरी विचार गर्ने भनेर छलफल गर्न मद्दत गर्नेछ । चीन यसमा सामेल छैन र ताइवान पनि शुरुआती वार्ताकै क्रममा बाहिरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ