arrow

मरासिनी बनिन् महिला यू–१९ क्रिकेट टिमकी कप्तान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
kritika-marasini-u-19-cricket-captain.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको थियो ।

क्यानले सोमबार घोषणा गरेको टिममा कृतिका (कप्तान), किरण कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया,  मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी परेका छन् ।

छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ