arrow

गुडिरहेको कारमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
fire-final_1618024271.jpeg

बारा । बारामा गुडिरहेको कारमा आगलागी भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका १६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च ०१६५ नम्बरको कारमा आगलागी भएको हो । 

आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन । 

लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५ः३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६ः०० बजे आगो नियन्त्रणमा लिइएको थियो । 

कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ