arrow

भेँडालाई महिलाको हत्या गरेको दोषमा तीन वर्ष जेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
bheda.jpg
तस्बिर– सांकेतिक

काठमाडौं । एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेँडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको शुरुमा दक्षिण सुडानमा ४५ वर्षीया अधियु चापिङलाई आक्रमण गरेपछि भेँडालाई प्रहरी हिरासतमा लिइएको थियो ।

भेँडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टको अक्युल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो । 

मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन् र अपराध गर्ने भेँडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ । ’

स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को तीन वर्ष बिताउनेछ । 

स्थानीय अदालतले भेँडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ