arrow

बढ्यो क्रिकेट खेलाडीहरुको तलब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
nepal-cricket-association.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली खेलाडीहरुको तलब बढाएको छ । मंगलबार सम्पन्न क्यानको बोर्ड बैठकले खेलाडीहरुको तलब बढाएको हो । 

बोर्डले अप्रिल १ देखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरुको तलब बढाएको हो । सेन्ट्रल कन्टयाक्टमा रहने सम्पूर्ण खेलाडीहरुको मासिक तलब १० हजार रुपैयाँले वृद्धि गरिएको छ । 

क्यानको यो निर्णयसँगै ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका ‘ए’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक ६० हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीको ५० हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको ४० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै महिला क्रिकेट टिमको ग्रेड सीमा रहेका खेलाडीको मासिक ५ हजार तथा ए र बी ग्रेडमा रहेका खेलाडीको मासिक ६ हजार रुपैयाँले वृद्धि गरिएको हो । 

यसअघि ग्रेड ‘ए’ मा रहेका महिला खेलाडीको पारिश्रमिक १५ हजार, ‘बी’ ग्रेडका खेलाडीको पारिश्रमिक १२ हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक १० हजार रुपैयाँ थियो ।
 

क्यानले सम्पूर्ण मैदान कर्मचारीहरुको मासिक तलब ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजार तथा टीयू मैदान क्युरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरेको जनाएको छ । 

क्यानले संघको आफ्नै आधिकारिक लिग संचालन हुने भएकाले अन्य कुनै पनि लिगहरुलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने निर्णय गरेको छ । 

तर क्षेत्रीय लिगको संरचनामा संचालन गर्ने अवस्थामा अनुमति दिन सकिने जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ