arrow

कपिलवस्तुको महाराजगंजमा पुनः दोहोरिए कांग्रेसका जिल्ला सभापति कलाम

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७९ जेठ ११ बुधबार
kalam.PNG

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका प्रमुखमा दोस्रो कार्यकालको लागि अब्दुल कलाम निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार थिए । उनले १० हजार २००मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका रामदास चौधरी ८ हजार ६६८ मत पाए ।  कलामले १ हजार ५३२ मत अन्तरले विजयी बनेका छन् । 

साथै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार रिता कुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ११ हजार १६७ मत प्राप्त गरिन उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भानमती यादवले ७ हजार २०० मत प्राप्त गरिन् । 

११ वडा रहेको नगरपालिकामा ८ वडामा नेपाली कांग्रेस अन्य ३ वडामा एमाले लोसपा र जनता प्रगतिशील पार्टीले १, १ वडा अध्यक्ष जितेका छन् । 

कलाम दोस्रो पटक नगरपालिकामा निर्वाचित भएका छन् । नगरको विकासको क्रममा अधुरा रहेका योजनाहरू अव पुरा गर्ने कलामले बताए । उनी साबिक शिसवा गाविस अध्यक्ष हुँदै अहिले दोस्रो पटक नगर प्रमुख र नेपाली कांग्रेसका विभिन्न पदमा रही काम गर्दै आएकोमा कांग्रेसको २०७८ सालको १४ औ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

(कपिलवस्तु महाराजगन्ज नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको नामावली)
मेयर- कांग्रेस- अब्दुल कलाम
उपमेयर- रिता कुमार कुर्मी
वडा नं १-कांग्रेस : प्रमोद कुमार चौधरी 
वडा नं २- कांग्रेस : उजेर खान (जुबेर)
वडा नं ३ -कांग्रेस : नयनदास मौर्या
वडा नं ४- लोसपा : शैलेन्द्र नाथ शुक्ला
 वडा नं ५- छेदी प्रसाद कुर्मी
वडा नं ६- कांग्रेस :रामसिंह कुर्मी 
वडा नं ७-जप्रपा :रामरुप बढई 
वडा नं ८- कांग्रेस : योगेन्द्र कुमार केसी
वडा नं ९-एमाले : फरिद अहमद खान
वडा नं १०-कांग्रेस : शैलेन्द्र कुमार चौधरी 
वडा नं ११-कांग्रेस : धर्मेन्द्र कुमार पुरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ