arrow

केपी–वामदेव सम्बन्ध विश्वासको संकटमा

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
Bamdev-Gautam-Kp-Oli.jpeg
केपी ओली र वामदेव गौतमको पहिलो भेट २०३४ सालमा भएको हो । झापा आन्दोलनका हस्ती ओली पक्राउपछि सेन्ट्रल जेलको गोलघरमा राखिएका थिए । ०३३ चैतमा पक्राउ परेका नेता गौतमलाई प्रशासनले भैरहवा जेलबाट सेन्ट्रल जेल काठमाडौंमा सरुवा गरेपछि उनीहरूबीच भेट भएको हो । जेलभित्र पनि दुई घेरा थिए । बाहिरी घेरामा गौतम राखिएका थिए भने भित्री घेरा–सेल अर्थात् (गोलघरमा) केपीसहित आरके मैनाली र मोहनचन्द्र अधिकारीलाई चरम यातनाका साथ राखिएको थियो त्यसवेला । आरकेले भित्रबाट सम्पर्क गर्थे । तर पहिलो भेटमा ओलीसाग सामान्य परिचयबाहेक खासै भित्री कुराकानी हुन नपाएको नेता गौतम बताउाछन् । तिनताका दुब्ला र रोगी ओलीलाई कसरी स्वस्थ बनाउने भन्ने चिन्तामा थिए मैनाली । गौतम जेल कमिटी सचिव बनेपछि गोलघरभित्र राखिएका आरके, केपी र मोहनचन्द्रलाई गोप्य तरिकाले रिपोर्ट लेखेर चिठीमार्फत गौतमले भित्र पठाउाथे, त्यसलाई उनीहरूले अध्ययन गर्थे, भित्रबाट आरके सम्पर्कमा रहन्थे त्यसवेला । आजको नयाँ पत्रिकामा समाचार छ ।
 
भण्डारीका दायाँबायाँ
ओली–वामदेव सम्बन्ध आज संकटमा देखिए पनि विगतमा नितान्त फरक थियो । दुवै लगभग एकै समय (२०२४ सालपछि) एकै समूहगत मुहानबाट निस्केका नेता हुन्, जो कम्युनिस्ट आन्दोलनको लामो खालखण्डसम्म सहयात्री रहे ।
ओली र वामदेव एकै समय पार्टी केन्द्रमा प्रवेश गरेका हुन् । झापा विद्रोहबाट आएका ओली को–अर्डिनेसन केन्द्र तथा वामदेव मुक्ति मोर्चा समूहमा थिए । दुवै समूह मिलाएर २०३५ सालमा नेकपा माले गठन गरिएको थियो । १४ वर्ष लामो जेल जीवन व्यतीत गरेका ओली जेलबाट बाहिरिएपछि पार्टी केन्द्रीय सदस्य बने भने गौतम केन्द्रीय सदस्य भएपछि भूमिगत भए ।
 
मदन भण्डारी जीवित हुादासम्म दुवै नेता उनका दायाँबायाँजस्ता थिए । ओलीको चतुरता र वामदेवको लडाकुपनलाई पार्टीको मुख्य ‘क्षेप्यास्त्र’ बनाएर भण्डारीले भरपूर उपयोग गरे । र, २०५१ सालसम्म दुई नेताको सम्बन्ध कहिल्यै बिग्रिएन । पाँचौ महाधिवेशनका दौरान मदनलाई दुवैले उत्तिकै साथ दिएका थिए । महाधिवेशनपछिसम्म पनि पार्टीभित्रको अन्तर्विरोधमा मदनका ‘रक्षाकवच’का रूपमा रहे उनीहरू । समकालीन एमाले नेताका अनुसार मदन भण्डारीले ओली र वामदेवलाई मस्तिष्क र शरीरका रूपमा लिन्थे । ओलीका विषयमा मदनको विश्लेषण सुनाउादै एक नेता भन्छन्, ‘केपीको घाँटीमाथिको भाग बलवान् छ, त्यसलाई राम्रोसाग उपयोग गरे पार्टीको आधा काम त्यत्तिकै सकिन्छ ।’
 
ओलीको चाँडो सोच्ने र तर्क गर्ने क्षमतासाग मदन निकै प्रभावित थिए, तर क्षमताअनुरूप सांगठनिक काममा नखट्ने शैलीबाट असन्तुष्ट । त्यस्तै, वामदेवबारे मदन भन्थे, ‘नेतृत्वमा वामदेव नभए पार्टी लुलो हुन्छ, मुख्य जिम्मेवारी नै वामदेवलाई दिए पार्टी धुलो हुन्छ ।’ वामदेवले तोकिएको काम जसरी पनि पार्टी हितमा फत्ते गर्ने, तर आफूखुसी काम गरे बिगार्न सक्ने मदनको विश्लेषण रहेको समकालीनहरू सुनाउाछन् । मदन जीवित छादा यी दुवै बाहिर खासै चिनिएका नेता थिएनन्, जति मनमोहन र माधव नेपाल थिए । तर, दुवै नेताको क्षमताबाट प्रभावित मदन भने उनीहरूलाई अघि बढाउन चाहन्थे । भण्डारीलाई दस्ताबेज लेखनमा दुवै नेताले भित्री सहयोग गरेका थिए । पाँचौँ महाधिवेशनमा मदनले जनताको बहुदलीय जनवादी कार्यक्रम आफूले लेखेर ओलीलाई कार्यनीति लेख्न लगाएका थिए ।
 
एकता भाँड्ने केपी–वामदेवको गोप्य समझदारी
तत्कालीन माले र माक्र्सवादी एकीकरण भएर एमाले बन्दा यी दुई हस्ती पार्टी एकीकरण भााड्न अन्तिमसम्म क्रियाशील भए । डल्लुमा माले केन्द्रीय कमिटीको बैठक बसिरहेका वेला माक्र्सवादीकी नेतृ सहाना प्रधान दिउासो अचानक एकीकरण प्रस्ताव लिएर बैठकस्थल पुगिन् । बेलुकी ललितपुरको ज्वागलस्थित सिद्धिलाल सिंहको घरमा सबै माले केन्द्रीय सदस्यहरूलाई खाना खानेगरी निम्ता गरियो । जबकि त्यहीा पार्टी एकता घोषणा गर्नेसम्मको पूर्वनिर्धारित योजना ओली र गौतमलगायतका नेताले सुइाकोसमेत पाएनन्, त्यसवेला । बेलुकी दुई दिनपछि दुवै पक्षको केन्द्रीय कमिटी मिलाउने मिलाएर नयाा कमिटी बनाउने गरी एकीकरणको घोषणाबाट दुवै आश्चर्यमा थिए । दुवै पक्षबाट १७/१७ जना रहने गरी ३४ सदस्यीय केन्द्रीय कमिटी बनाउने समझदारी भो । सिपी र केपी मनमोहनलाई अध्यक्ष बनाउने लाइनमा उभिए । मालेतर्फको मत घटेर १५ मा झर्‍यो भने मनमोहनलाई बनाउने पक्षमा १९ मत पुग्दा बहुमतबाट उनी अध्यक्ष चुनिए । तर, गौतमले पार्टी एकता अस्वीकार गर्दै भंग हुने भन्दै सुरुमै प्रतिवाद गरे ।
 
नेताहरूका अनुसार सुरुमा मदन र केपी दुवैले यसलाई समर्थन गरेका पनि थिए । तर, पछि केपी र वामदेव एकै ठाउा उभिए । माक्र्सवादीका नेताहरूले संयुक्त बैठकमा हेपेर बोल्ने, तर ग्राउन्डमा माले नै बलियो भन्ने ठानेका ओली र गौतमले अमृत बोहरालाई समेत साथमा राखेर एकता भंग गर्ने सल्लाह गरे । उनीहरूबीच त्यसका लागि नारायणी पश्चिमको गौतमले जिम्मा लिने, नारायणीपूर्व केपीले जिम्मा लिने योजना बनेअनुसार टेलिफोनमार्फत एकता भड्काउन सुरु गरे । भर्खरै एकीकृत पार्टीका अध्यक्ष मनमोहन, महासचिव मदन बनाइएका थिए त्यसवेला ।
 
मदनले झन्डै निकाले ओली र गौतमलाई
एकता भड्काउन दुई नेता लागेको सूचना पाएपछि तत्कालीन महासचिव मदनले दुवैलाई पार्टी कार्यालय बागबजारमा बोलाएर सम्झाएको एकीकरणमा सक्रिय रहेका त्यसवेलाका एक नेता बताउाछन् । ‘तपाईंहरू ठूलो गल्ती गर्दै हुनुहुन्छ, भाँड्ने काम बन्द गर्नुस्,’ मदनले भनेका थिए । तर पनि दुवै नेता मदनको साथ रहने भ्रममा परेर एकता भाँड्न सक्रिय रहे । दुई दिनपछि फेरि मदनले बोलाएर केपी र वामदेवलाई चेतावनी दिएको स्मरण गर्दै एक नेता भन्छन्, ‘अस्ति तपाईंहरूलाई यो काम बन्द गर्न भनिसकेको छु । एकता हुादा मालेलाई बेफाइदा, माक्र्सवादीलाई फाइदा भएको होला, तर यो एकता सिंगो कम्युनिस्ट आन्दोलन र मुलुकका लागि ठूलो उपलब्धिपूर्ण छ, परिणाम सकारात्मक आउाछ, म एकताको पक्षमा दृढतापूर्वक उभिएकाले भाँड्ने कुरा मान्य र सह्य छैन । भोलि बेलुकासम्म यो काम रोक्नुभएन भने पर्सि दुवैलाई पार्टीबाट निष्कासन गर्छु ।’ मदनको यस्तो कडा चेतावनीपछि दुवै नेता एकतामा फेरि सक्रिय बनेका थिए ।
 
२०५३ सालमा एकीकृत महाकाली सन्धिलाई सदनबाट पारित गर्ने/नगर्ने विषयमा एमाले दुई चिरामा विभाजित भयो । सन्धि पारित गर्ने पक्षमा तत्कालीन महासचिव नेपाल र ओलीको एउटा टापु बन्यो । यता, सन्धिको विरोधमा वामदेवले सिपी मैनालीसाग मिलेर अर्को टापु खडा गरे । पार्टी केन्द्रीय कमिटी बैठकमा एक मात्र भोटले सन्धिको समर्थन गर्ने लाइनले जित्यो । तर, पार्टीको ह्विप गौतमलगायतका एमालेका केही सांसद्ले मानेनन् । महाकाली सन्धि अनुमोदनलाई राष्ट्रघात भन्दै वामदेवले एमाले पार्टी फुटाएर नेकपा माले गठन गरे । एमाले विभाजनको सो घटनामा वामदेव र ओली नै मुख्य जिम्मेवार पात्र भएको बताइन्छ ।
 
केपी जोगाउने, वामदेव हटाउने लाइनमा
महाकाली सन्धि विवाद चर्किएर उत्कर्षमा पुगेपछि गौतमकै नेतृत्वमा महासचिव हटाऊ अभियान सुरु गरिएको थियो । मदन भण्डारीको निधनपछि केन्द्रीय कमिटी बैठकले महासचिव बनाइएका माधवकुमार नेपाललाई छैटौँ महाधिवेशनअघि नै हटाउने गौतमको योजना थियो । उनलाई झलनाथ खनाल, सहाना प्रधान, सिपी मैनालीलगायतका नेताले साथ दिएका थिए । गौतमले त्यतिवेला माधवकुमार नेपाललाई हटाउन ओलीको साथ माग्दै उनलाई महासचिवको ‘अफर’समेत गरेको जानकारहरू बताउाछन् । तर, महाकाली सन्धिको पक्षमा रहेका ओलीले गौतमको अफर अस्वीकार गर्दै आफू महाधिवेशनबाट निर्वाचित भएर मात्र महासचिव बन्ने जवाफ दिएको बताइन्छ ।
 
वामदेव बहुमतमा, केपी अल्पमतमा
छैटौँ महाधिवेशन तयारी सन्दर्भमा पोलिटब्युरो सदस्य गौतमले कार्यनीतिक प्रस्ताव पेस गर्न पाउनुपर्ने माग गर्दै दस्ताबेज तयार पारे । पाँचौँमा आफूले कार्यनीतिक प्रस्ताव लेखेको भन्दै ओलीले छैटौँमा पनि पाउनुपर्ने माग गरे । तर, गौतमले पहिले लेखेर केन्द्रीय कमिटीमा पेस गर्दा ३६ सदस्यीय केन्द्रीय कमिटीमा २६ जनाले गौतमलाई साथ दिए, ओली अल्पमतमा परे । यसपछि महासचिव नेपालले ओली र गौतम दुवैलाई कार्यनीतिक प्रस्ताव लेख्न लगाए । ओलीले आमूल परिवर्तनसहितको शक्ति सञ्चय र गौतमले प्रगतिशील सुधारको कार्यनीति लेखेपछि दुवैको दस्ताबेजलाई फेरि केन्द्रीय कमिटीमा मतदान गराइादा गौतमको दस्ताबेज एक मतले अल्पमतमा पर्‍यो । अन्तत: नेपालगन्जको छैटौँ महाधिवेशनमा ओलीको बहुमत र गौतमको फरक मत प्रस्तुत हुादा गौतमको दस्ताबेज पराजित भो ।
 
गौतमसहित १४ जना केन्द्रीय सदस्यले महाधिवेशन बहिष्कार गरे । गौतम समूहलाई सिटै नछुट्याई केन्द्रीय कमिटी निर्वाचित भयो । तर, पार्टी विभाजन प्रयास गर्दा रोक्न ओलीले रोक्नुको सट्टा वातावरण बिगार्नेतिर भूमिका खेलेको गौतमले आरोप लगाउादै आएका छन् । पाँचौँमा मनमोहन अधिकारी, सहाना प्रधान, सिपी मैनाली, आरके मैनालीले महाधिवेशन बहिष्कार गरेर बनाउादा मदनको दूरदर्शिताले फुट जोगिएको गौतमनिकट नेताहरू बताउाछन् । त्यसवेला मदनले माधव नेपाललाई जसरी पनि मिलाउन निर्देशन दिएपछि दुवैतिरका बराबरी संलग्न गराएर केन्द्रीय कमिटी बनाएजस्तै छैटौँमा गरिएको भए पनि पार्टी नफुट्ने उनीहरू बताउाछन् । पाँचौँमा निर्वाचन प्रक्रिया फिर्ता गरेर सहमतिमा नेतृत्व चुन्दै महाधिवेशन सकिएको थियो ।
 
दस्ताबेजीय भिडन्त
कम्युनिस्ट पार्टीभित्र जब दुई धार उत्पन्न हुन्छ, एउटा धारले अर्को धारलाई हरतरहको अस्त्र प्रयोग गरेर भुत्ते तुल्याउन खोज्छन् । यस्तै भयो एमालेभित्र । वामदेव र ओलीबीचको वैचारिक कुस्ती प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो बन्यो एमालेको छैटौा महाधिवेशन । दुवै नेताले नेतृत्वमा स्थापित हुने भित्री आकांक्षालाई मूर्त रूप दिन सैद्धान्तिक टक्कर गरे । तर, महाधिवेशनको दस्ताबेजीय लडाइा भने ओलीले जिते । महाधिवेशनबाट कार्यनीति पराजित भएपछि नै गौतम नयाा पार्टी गठन गर्न अग्रसर बनेका थिए । पार्टी विभाजनपछि दुवै नेताले एक–अर्कालाई आफ्नो भाषणको निसाना बनाउन थाले । ओलीले अनेक फुर्का जोडेर गौतमलाई प्रहार गरे भने गौतमले पनि ओलीलाई भित्तामा पुर्‍याउन बााकी राखेनन् । दस्ताबेजका मतभिन्नता प्रतिवेदनका पुस्तिकामा थन्किए पनि ओली र गौतमबीच शाब्दिक भिडन्त अर्को चार वर्ष चलिरह्यो । भाषणमा एक–अर्काविरुद्ध खनिए पनि उनीहरूबीच औपचारिक बोलचाल भने कहिल्यै बन्द भएन ।
 
वामदेव एमालेमा फर्किंदा केपीको फरक मत
पार्टी फुटपछि दुई नेताबीचको सम्बन्ध नदी किनाराजस्तो थियो । २०५६ सालको आमनिर्वाचनमा मालेको शून्य सिट भन्दै एमालेका तर्फबाट मालेको अस्तित्व नै समाप्त पार्ने अभियानको नेतृत्व ओलीले नै गरे । २०५८ सालमा मालेसाग एकीकरण गर्ने एमालेमा निर्णय हुादा ओलीले पार्टीभित्र फरक मत राखेका थिए ।
अचम्म त के छ भने यति हुादाहुादै पनि यी दुई नेताबीच रामै्र बोलचालको सम्बन्ध थियो । आफूले किन फरक मत राखे भन्ने कुरा एकीकरणपछि गौतमलाई सबिस्तार बताएको ओली स्मरण गर्छन् ।
खासमा एमालेमा आउने वेला गौतमले पार्टी केन्द्रीय कमिटीमै एकीकरणपछि संस्थापनलाई साथ दिने निर्णय गरेका थिए । ्त्यो निर्णयले एमालेको संस्थापन पक्ष अर्थात् महासचिव माधवकुमार नेपाल झन् शक्तिशाली बन्ने स्थिति देखिएपछि ओली गौतमसाग आक्रोशित भएका थिए । जुन कारणले गर्दा पनि ओलीले फरक मत राखेको जानकारहरू बताउाछन् ।
 
फेरि एकै ठाउा
पार्टी विभाजनपछि निकै तिक्ततापूर्ण बनेको ओली–वामदेव सम्बन्ध एकतापछिको सातौा महाधिवेशनमा आएर फेरि सुधारियो । त्यसताका उनीहरूबीच एकअर्काको निवासमा आउजाउ पनि खुबै चलेको थियो । मीनभवनस्थित ओलीको डेरामा वामदेव बारम्बार जान्थे भने एकान्तकुनास्थित वामदेवको डेरामा पनि ओली गइरहन्थे । सातौा महाधिवेशनमा ओलीले पार्टीको सांगठनिक स्वरूप बदलेर अध्यक्षात्मक प्रणालीमा लैजाने प्रस्ताव लगेका थिए । त्यसअगाडिका सबै विवादमा महासचिव माधव नेपालको बचाउमा उभिएका ओलीलाई सातौा महाधिवेशनमा गौतमले
साथ दिए ।
 
आठौँ महाधिवेशनमा पनि दुई नेता एकै ठाउा उभिने गरी आपसी छलफल नगरेका भने होइनन् । माधव नेपाललाई अध्यक्ष हुन नदिन ओली र गौतम एक ठाउामा उभिएर झलनाथ खनाल, विष्णु पौडेल र मुकुन्द न्यौपानेलगायतका नेतासाग परामर्श गरे । तर, केपीले आफौ अध्यक्ष बन्ने भन्दै सहयोग मागेपछि गौतमले अस्वीकार गरे । जवाफमा गौतमले झलनाथलाई उठाउादा मात्रै माधवलाई हराउन सकिन्छ भन्दै समर्थन मागे, तर ओलीले मानेनन् । माधवको समर्थनमा ओली खनालसाग भिडे र थोरै मत अन्तरले पराजित भएपछि ओली र गौतमबीच फेरि फाटो भयो ।
झलनाथ अध्यक्ष बने पनि केपी–माधव पक्ष मिलेका कारण केन्द्रीय कमिटीमा खनाल सधौ अल्पमतमा परे । झन्डै तीन वर्षसम्म पार्टी सञ्चालनमै गम्भीर समस्या देखिएपछि विष्णु पौडेल, घनश्याम भुसालसहितको संलग्नतामा वामदेवले फेरि केपीसाग सम्बन्ध सुधारको योजना बनाए । उनकै सक्रियतामा झलनाथ र केपीबीच १२ बुादे समझदारी भयो, ०६८ सालमा । स्थायी समितिबाट बहुमतले पारित भएको उक्त प्रस्तावलाई माधव नेपाल र ईश्वर पोखरेलले विरोध जनाए । ओली तेस्रो वरीयताको वरिष्ठ नेता पनि बने । केपी र गौतमबीच फेरि सम्बन्ध सुधार हुादै जाँदा सागै जाने आधार तयार भयो ।
 
समझदारी र विश्वासमा गम्भीर संकट
नवौँ महाधिवेशनमा दुई नेताबीच जमेको ‘दोस्ती’ यतिवेला संकटमा छ । ओलीलाई संसदीय दलको नेता बनाउन मात्रै होइन, पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउन सहयोग गरेर गुण लगाएका गौतम महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि आफूलाई दिइएको वचन पूरा नगरेकोमा निकै रुष्ट छन् । पार्टीभित्र होस् या बाहिर राजनीति समझदारी र विश्वासमा चल्छ भनिन्छ, तर त्यो विश्वास उनीहरूको हकमा संकटमा छ, यतिवेला । ओलीलाई अध्यक्ष बनाउने ‘ग्राउन्ड’ गौतमले २०७० माघमा सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा जिताएर तयार पारेका थिए । त्यति मात्रै होइन, २०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा अध्यक्ष जिताउन पनि ओलीलाई गौतमले नै सहयोग पुर्‍याए । यदि गौतमको साथ नहुादो हो त ओली झिनो मतअन्तरमा अध्यक्ष बन्ने थिएनन् ।
 
तर, ओलीले आफ्नानिकट नेताहरू किरण गुरुङ, रवीन्द्र अधिकारी, केशवलाल श्रेष्ठदेखि बलराम बाास्कोटासम्मलाई साक्षी राखेर आफू अध्यक्ष बनेपछि दलको नेता, प्रधानमन्त्री बने पार्टीको कार्यवाहक अध्यक्षसम्म बनाउने वचन पूरा नगरेकोमा गौतम आश्चर्यचकित छन् । पछिल्ला दिनमा उनले आफूनिकटका नेताहरूसागको आन्तरिक भेटमा ओलीसागको सम्बन्ध पार नलागेको बताउने गरे पनि पार्टीलाई एकढिक्काका साथ चुनावबाट बहुमतमा पुर्‍याउने ‘निर्णायक’ वेला कुनै किचलो नगर्ने बताउने गरेका छन् । पार्टीको आन्तरिक बैठकमा समेत आफूसागको समझदारीबारे नखुल्ने गरेका गौतम ओलीसाग कुनै पनि प्रकारको लिखित या मौखिक समझदारी नभएको दाबी गर्छन् ।
‘नवौँमा जिताउन मैले पार्टी अध्यक्ष नै दलको नेता हुने प्रचलन तोडेर संसदीय दलमा जिताउन र अध्यक्ष बनाउन उहाँ (ओली)लाई सहयोग गरेको हुा, तर हाम्रो बीचमा कुनै त्यस्तो लिखित या मौखिक समझदारी भएको होइन,’ गौतम भन्छन्, ‘उहाँले कुराको सिलसिलामा त्यसवेला मिलाउने नेताहरूसाग केही भन्नुभएको छ भने बेग्लै कुरा हो, कार्यान्वयन नभएकाले उहााले यसो भन्नुभाथ्यो होला भन्नुको पनि यतिवेला कुनै अर्थ पनि छैन ।’
 
अहिले उनीहरूबीचको भेटघाट र सम्पर्क भनेको केवल पार्टी बैठक र  आक्कलझुक्कल औपचारिक कार्यक्रमममा सीमित छ । गौतम स्वयं भन्छन्, ‘हामीबीचको सम्बन्ध एउटै रेखामा हिाडेको छैन, तल–माथि छ, केपीसाग घनिष्टता पनि रह्यो, तर माधवसाग औपचारिकता मात्रै छ अहिलेसम्म ।’
 
मदनसँगै बसेर मदिरा पिउँथे केपी–वामदेव
पार्टी विभाजन पहिले दुई नेताबीच हार्दिकतापूर्ण र अनौपचारिक प्रकृतिका सम्बन्ध पनि थिए । दुवै नेता डेरामा बाक्लै आवतजावत गर्थे । ओलीले गौतमलाई आफ्नै डेरामा पनि बोलाउाथे । चौथो र पाँचौँ महाधिवेशनको बीचमा उनीहरूबीच असाध्यै राम्रो दोस्ती थियो । तिनताका मदन भण्डारीसहित केपी र वामदेव सागै बसेर रमाइलोका लागि बेलुकी हल्का मदिरापान गर्दै मजाक पनि गर्थे । कहिले मदनकोमा त कहिले कसकोमा उनीहरू छलफल र रमाइलोका लागि बस्ने गर्थे ।
 
समानता र भिन्नता
पूर्वेली संस्कारमा हुर्केका ओली र पश्चिम नेपालको संस्कारमा हुर्किएका गौतमबीच स्वभावगत भिन्नता प्रशस्त छन् । सधौ तनावमुक्त देखिनु र अगाडि कुरा खस्नै नपाई त्यसमाथि रोचक प्रतिक्रिया दिइहाल्नु ओलीका स्वभाव र विशेषता हुन् । उनका अभिव्यक्ति प्राय: झर्रा र सटिक हुन्छन् । विपक्षीमाथि उग्र कटाक्ष गर्न खप्पिस ओली पार्टीभित्र आफ्नो गुटलाई संरक्षण दिने मामलामा अगाडि छन् ।
यता, आक्रामक स्वभावका गौतम साहसिक निर्णय लिनसक्ने नेताका रूपमा चिनिन्छन् । उनी आफ्नो अडानमा स्पष्ट र दृढ छन् । आफूले गरेका निर्णयलाई फेरि फेर्केर हेर्ने उनको चलन छैन । उनको अभिव्यक्ति शैली ओलीको भन्दा भिन्न छ । कार्यकर्तामाझ उत्तेजक भाषण गर्दै माहोल तताउने गौतम एमालेभित्रका कुशल संगठकका रूपमा कहलिएका छन् ।
 
दुवै नेतासाग सहकार्य गरेका एमाले नेता प्रदीप नेपालका अनुसार ओली तर्कले हारेपछि ढिपी गर्दैनन् । तर, गौतम निर्णय गरेपछि पछि हट्दै हट्दैनन् । नेपाल भन्छन्, ‘छैटौा महाधिवेशनमा वामदेवको विचार जसरी पराजित भएको थियो, सातौामा केपीको विचार पनि त्यसैगरी पराजित भएको हो, तर फरक यति हो केपीले अर्को पार्टी बनाउने निर्णय गरेनन् । सातौा राष्ट्रिय महाधिवेशनमा केपीले ल्याएको संगठनात्मक प्रणाली त्यतिवेला फेल भए पनि आठौामा आएर अन्तत: सर्वसम्मत भयो ।
 
वामदेव एन्टी प्रो–माओवादी
नेपाली राजनीतिको खुला मैदानमा माओवादी आएपछि ओली–वामदेवबीच नवौँ महाधिवेशनअघिसम्म धेरै दूरी थियो । तिनताका माओवादीविरुद्ध आक्रामक रूपमा ओली बर्सिरहादा वामदेव नरम रूपमा प्रस्तुत भए । ओलीले वामदेवलाई माओवादीपरस्तको आरोप लगाए भने वामदेवले ओलीलाई कांग्रेसपरस्त ।
माओवादीसित वामदेवको निकट सम्बन्धलाई लिएर पार्टीभित्र अहिले पनि विभिन्न टीकाटिप्पणी हुने गर्छन् । उता, ओलीलाई भने दरबारप्रति झुकाव राखेर दक्षिणपन्थी धार समातेको विरोधीहरूले आरोप लगाएका थिए ।
 
यसरी बिग्रियो सम्बन्ध
एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदनको अवसानसागै खुकुलो हुादै गयो । दुवै एक–अर्काका प्रतिस्पर्धीका रूपमा अगाडि बढे । महाकाली सन्धिको विवादमा आएर दुई नेता पहिलोचोटि स्पष्ट रूपमा विभाजित भए । त्यसअघि २०५१ सालमा पहिलोपटक एमालेको नौमहिने सरकार बनेपछि केपी र वामदेवको दूरी बढ्न थालिसकेको थियो । माधव नेपाल उपप्रधानमन्त्री, परराष्ट्र तथा रक्षामन्त्री तथा केपी शक्तिशाली गृहमन्त्री भए । गौतमलाई विधानमै नभएको उपमहासचिव पद खडा गरेर पार्टी कामको जिम्मा लगाइयो । खासमा त्यसवेला उनलाई पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको थियो ।
 
पार्टी केन्द्रमा आएदेखि महाकाली सन्धि संसद्बाट अनुमोदन हुनुअघिसम्म ओली–गौतमको राजनीतिक धुरी एकै थियो । तर, पार्टी सरकारबाट बाहिरिएपछि गौतम ‘माइनस’मा पर्न थाले । तत्कालीन महासचिव नेपाल र ओली दुवैले उपमहासचिवबाट राजीनामा दिन दबाब दिएपछि गौतमले आफ्नो भूमिकाको अवमूल्यन भएको ठान्दै झोक्किएर उपमहासचिव र केन्द्रीय कमिटी सदस्य दुवै पदबाट राजीनामा दिए । तर, केन्द्रीय कमिटीबाट दिएको राजीनामा अस्वीकृत, उपमहासचिवको राजीनामा मात्रै स्वीकृत भो । उपमहासचिव पद खारेजीपछि गौतम पार्टी संस्थापनसित असन्तुष्ट बन्न थालेको जानकारहरू बताउाछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ