arrow

नेपाल टी ट्वान्टी लिगमा टिम खरिदका लागि टेण्डर खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
CAN-nepal-new-pic.jpg.jpeg

काठमाडौं ।  नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी-ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेण्डर आह्वान गरिएको छ । 
    
अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेण्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्ति उल्लेख गरिएको छ । 

क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेण्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ । 
    
क्यानको गत मङ्गलबार बसेको बोर्ड बैठकले छ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ