arrow

यसरी सुरु भो बक्राहा खोलामा ‘जनताको तटबन्ध कार्यक्रम’

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ भदौ ४ शनिबार
bakrah-FNL.jpg

विराटनगर। मोरङको बक्राहा खोला नियन्त्रणको बाढी नियन्त्रणका लागि ‘जनताको तटबन्ध कार्यक्रम’ संचालनमा आएको छ।  वर्षेनी वर्षायाममा आउने बाढीका कारण जनताले समस्या भोगेपछी यसै वर्षदेखि नेपाल सरकारले बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम ल्याएको हो।

कार्यक्रम अन्र्तगत खोला नियन्त्रणका लागि तीन करोड रकम विनयोजन भएको र त्यसका लागि डीपिआर तयार भएको जल उत्पन्न प्रकोप नियन्त्रण  कार्यालयका विराटनगरका डिभिजन प्रमुुख डाक्टर देवनारायण साहले बताए । जनताको तटबन्ध कार्यक्रम संचालनमा आएपछि नदी नियन्त्रणमा सहयोग पुुग्ने जनाइएको छ। 

चुुरेदेखि  भारतको सीमासम्म बक्राहा खोलामा दुुवैतर्फ तटबन्ध गर्दा ३ अर्ब ६५ करोड रुपैया खर्च लाग्ने बताइएको छ । २०५२ सालमा ओपेकको सहयोगमा नेपाल सरकारले दुबैतर्फ गरेको तटबन्ध प्राय सबै भत्किएकाले समेत नयाँ तटबन्ध आवश्यक छ । 

जनताको तटबन्ध कार्यक्रमको विनयोजित रकम र अरु थप रकम सरकारसंग माग गरेर हसन्दह, राजघाट, मधुमल्ला, गोविन्दपुुर तथा वर्डगा लगायतका संवेदनशील स्थानमा तारजाली तथा वोल्डर लगाएर तटबन्ध निमार्ण गरिने कार्यालय प्रमुुख साहको भनाई छ। 

साउन महिनाको पहिलो साता आएको बाढी जिर्ण तटबन्ध भत्काएर गाउमा पसेको थियो। जसका कारण एकहजार भन्दा बढी परिवार विस्थापित भएका थिए भने करोडौंको क्षति भएको थियो । बाढी पसेपछी हजारौं बिघा जमिन बगरमा परिणत भएको छ। बक्राहा खोलामा यसपटक ६० लाखमात्र बजेट आएकाले पूरा कामगर्न समस्या भएको कार्याालयले जनाएको छ। 

वर्षायाममा अत्यधिक बाढी आउने बक्राहा खोलामा स्थायीरुपमा तटबन्ध अभावको समाधान खोज्नुुपर्ने सो क्षेत्रका वासिन्दाको भनाई छ । बजेट कम भएपनि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले अस्थायी बाँधको रुपमा प्रकोपाइन पद्धतिमार्फत तटबन्ध गरेको जनाएको छ ।

कार्यालयले बाढिले भत्काएको हसन्दहको २ र ३ वडा , मधुमल्ला, राजघाट, गोविन्दपुर तथा वर्डगा गाविसमा सो प्रविधि अपनाएर बाँध बाँधिएको कार्यालय प्रमुुख साहको भनाई छ। बाँसलाई १० फिटसम्म दुम्सीको काडा जस्तै बनाएर बाँस र बालुुवाको बोरा र त्यसपछि बाँध बाँधेर यो प्रविधि अपनाइएको साहले बताए। 

सर्लाही जिल्लाबाट आफनो अनुुभवमा यो प्रवृधि शुरु गरेको उनले सुनाए । यो प्रवृधिबाट थोरै लागतमा प्रभावकारी काम हुुने भएकाले यो प्रविधि पाचवर्ष सम्म दिगो रहने डिभिजन प्रमुुख साहको भनाई छ। गाउँ पसेको खोलालाई कार्यालयले यो प्रविधि अपनाएर नियन्त्रण गरेपछी स्थानीयले केही राहत भएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ