काबुल [अफगानिस्तान] । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा प्रहरीले ९ किलोग्राम हेरोइन फेला पारेको छ ।
सो लागुऔषधको कारोबारमा संलग्न दुई जना व्यक्तिलाई पक्राउ गरेको सरकारी बख्तर समाचार एजेन्सीले आइतबार उल्लेख गरेको छ। पश्चिमाञ्चल क्षेत्रमा केही दिनयता लागुऔषध कारोबारीविरुद्धको यो दोस्रो कारवाही हो ।
शुक्रबार प्रहरीले निमरोज प्रान्तमा एक व्यक्तिलाई पक्राउ गरी ४० किलो अफिम बरामद गरेको सिन्ह्वाले जनाएको छ।
तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले युद्धग्रस्त देशलाई खतराबाट मुक्त नभएसम्म अवैध लागुऔषधविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको छ।