arrow

सरकारले ल्यायो १७ खर्ब ९३ अर्बको बजेट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
janardan-sharma-parliament-budget-2079.jpg

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन् । 

जसमा चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ र प्रदेश तथा स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रहेको छ । 

खर्च बेहोर्ने स्रोतमध्ये राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ बेहोर्दा रु ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ । 

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने छ । आर्थिक वर्ष २०७९–०८० को बजेटमा केही आकर्षक कार्यक्रम पनि आएका छन् । कृषिलाई प्राथमिकतामा राखिएको छ । कृषकलाई पेन्सनको व्यवस्था गरिएको छ । 

वृद्ध भत्ता ६८ वर्षमै दिइने भएको छ । ९८ प्रकारका औषधि निःशुल्क दिइने भएको छ । 
६८ वर्षमै वृद्धभत्ता



नयाँ