arrow

लिग कप : म्यानचेस्टर सिटी, एभर्टन र स्टोक सिटी सेमिफाइनलमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
950005638.jpeg
एजेन्सी । म्यानचेस्टर सिटी, एभर्टन र स्टोक सिटी इङ्गलिश लिग कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । मंगलबार राति भएको क्वार्टरफाइनमा हल सिटीलाई ४–१ ले हराउँदै म्यान्चेस्टर सिटी प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । हल सिटीविरुद्धको खेलमा म्यान्चेस्टर सिटीका लागि केभिन डे ब्रायनले दुई तथा  विल्फ्रेड बोनी र इहिनाचोले एक–एक गोल गरे ।
 
लिग कप अन्तर्गत मंगरबार भएका खेलमा एभर्टनले मिडिल्सब्रोलाई उसकै मैदानमा २–० ले हरायो । स्टोक सिटी आफ्नो मैदानमा विजयी भयो । स्टोकले शेफिल्ड वेनस्डेलाई २–० ले नै हरायो । यस्तै, लिग कपको अन्तिम क्वार्टरफाइनल खेल बुधबार राति लिभरपुल र साउथह्याम्पटनबीच हुँदैछ । इङ्गलिश प्रिमियर लिगमा सुरुआतमा खराब प्रदर्शन गरेका टोलीहरु अन्य इङ्गलिश फुटबल प्रतियोगितामा आशलाग्दो प्रदर्शन गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ