arrow

राष्ट्रपति किन पुगिन् सुर्खेत ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
President-Bidhya-bhandari.jpg

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन्। 

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १:४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेकी हुन् ।

उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार  बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

राष्ट्रपति भण्डारीले आज अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ