arrow

मर्न सप्तकोशीमा हाम फालेका लिम्बूलाई बचायो सशस्त्र प्रहरीले  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
saptakoshi.JPG
तस्बिर– फाइल

सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७ः१५ मिनेटतिर हाम फालेका ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

लिम्बू झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोशी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए । 

लगत्तै उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् ।

उद्धार गरी लिम्बूलाई घर पठाइएको खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ