- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहाल समर्थक रहेको प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट स्वीकृत सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए ।
सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २० गते अपराह्न १ बजे बस्नेछ । रासस