- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । मुलुकमा भएका हरेक परिवर्तनमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजि सिँ खड्का ‘विजय’ ले बताएका छन् । बिहीबार दिपायलमा पत्रकारहरुको क्षमता विकासका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै देशमा लोकतन्त्र र गणतन्त्र संघीयता ल्याउनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले भने, ‘काम गर्ने फरक ठाउँ भए पनि लक्ष्य एउटै हो । लक्ष्य पूरा गर्न सबैले तनमन दिएर लाग्नुपर्छ ।’ तीन वर्ष कान्तिपुर राष्ट्रिय दैनिकमा आफूले जिल्ला संवाददाता भएर काम गरेको अनुभव सुनाउँदै पत्रकारिताकामा टिकिरहन निक्कै गाह्रो रहेको उनले बताए ।
उनले भने, ‘पत्रकारिताको विकासका लागि आफूले सक्दो सहयोग गर्नेछु ।’ कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले देशमा भएका ठूला ठूला आन्दोलनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेकाले आज व्यवस्था परिवर्तन सम्भव भएको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर उपप्रमुख सुनिता रावल जोराले पत्रकारिता सभ्य समाजको शिक्षक, समालोचक र पहरेदार भएको बताउँदै जसले समाज परिवर्तन र सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
उनले भनिन्, ‘लामो समय पत्रकारिता पेशामा रहेर काम गरेको अनुभव सुनाउँदै यो पेशामा आवद्धलाई बचाइ राख्न तथा क्षमता अभिवृद्धि लगायतका तालिममा आफूहरुले सक्दो सहयोग गर्ने बताइन् ।
आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी (रोकाया) ले राज्यको चौथो अंगको उपाधि पाएको पत्रकारिता आज विभिन्न चुनौतीसंग खेलिरहेको अवस्था रहेको बताउँदै यसलाई बचाइराख्न स्थानीय तहबाट हुने सहयोग गर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले पत्रकारहरुको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकारहरुको क्षमता विकासका लागि सुदूरपश्चिमका सबै जिल्लामा कार्यक्रमको आयोजना गरी रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष योगेश रावलले कताए ।
दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना ,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाह र पत्रकार रामहरि ओझा प्रशिक्षकका रुपमा रहेका छन् ।
जिल्लामा विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको छ ।