arrow

यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालको विजयी शुरुआत, कतारमाथि ७९ रनको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
shresthi-jaisi-u-19-cricket.jpg

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो । 

नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४ रन जोडेको इनिङ्सलाई सस्तोमा समेट्ने क्रममा सृष्टि जैशीले ३ विकेट तथा अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो । आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाइन् । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन् ।

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् । 

नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुनेछ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन । 

नेपालले शनिबार यूएई, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ