arrow

नेपाली महिला क्रिकेट टिमको बिर्सनयोग्य प्रदर्शन, मात्र आठ रनको योगफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
nepal uae-u-19-2022.jpg

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बिर्सनयोग्य प्रदर्शन गरेको छ । नेपाल यूएईसँग पराजित भएको छ ।

मलेसियाको यूकेएम ओभलमा शनिबार नेपाललाई यूएईले १० विकेटले हराएको हो । नेपालले दिएको मात्र ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना कुनै विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नसोचेको प्रदर्शन गर्यो । ८ ओभर १ बलमा अलआउट हुँदै नेपालले मात्र ८ रन जोडेको हो ।

इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन् । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १–१ रन जोडे । 

अन्जलीकुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कप्तान कृतिका मरासिनी, रन्जु श्रेष्ठ र अलिशाकुमारी यादवले रनको खातासमेत खोल्न सकेनन् । 

यूएईकीमहिका गौरले ५ विकेट लिइन् । इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् । 

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएर शानदार शुरुआत गरेको थियो । तर दोस्रो खेलमा भने बिर्सनयोग्य प्रदर्शन गर्यो । 


छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिका विश्वकपमा खेल्न पाउने छ । तर नेपालको सम्भावना कम भएको छ । 

यूएईले लगातार दोस्रो शानदार जितसहित सम्भावना बलियो बनाएको छ । 

अब नेपालले सोमबार भुटानसँग, मंगलबार थाइल्याण्डसँग र बिहीबार मलेसियासँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ