arrow

नागरिकता विधेयकमा सहमति जुटाउन छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
ministry-home-affairs.jpg

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणको पहलमा सङ्घीय संसद्मा विचाराधिन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ । 

गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए । उक्त विधेयकमा नागरिकतालगायत विषयमा सहमति जुट्न सकिरहेको छैन । सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । 

यसअघि कानुनमन्त्री शर्मा र गृहमन्त्री खाणले नागरिकता विधेयकमा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन् । 

गृहमन्त्री खाणले सबै दलका प्रमुख सचेतकहरूसँग समेत पटकपटक छलफल गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ