arrow

फर्पिङको जङ्गलमा एकजोडी युवायुवती मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
dead2.jpg

काठमाडौं ।  काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको  जानकारी दिए । 

उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२-२३ वर्षको भएको बताए ।

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए । 

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ