arrow

प्राज्ञ तथा साहित्यकार सुव्वाको निधन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
83773741.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा साहित्यकार थाम्सुहाङ पुष्प सुव्वाको हिजो साँझ निधन भएको छ । फिदिमस्थित काइला छोरा सिकुम थाम्सुहाङको कोठामा ६ बजेर १० मिनेटमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ । ६७ वर्षिय सुव्वा दसैँ अघि नै पक्षघातबाट पीडित थिए ।

उनलाई सोमबार मात्रै विराटनगरको विराट नर्सिङ होमबाट स्वास्थ्यमा सुधार नआएपछि पाँचथरको फिदिम ल्याइएको थियो । उनको निधनपछि जिल्लाका साहित्कार,राजनीतिज्ञ र आफन्तहरुको भीडभाड लागेको छ । साहित्यकार रामप्रकाश समथिङले सुव्वाको पार्थिव शरिर बुधबार विहान याङनाम ४ स्थित लुङचोकथवास्थित निवासमा लैजाने तयारी भइरहेको बताए ।

उनको लिम्वू परम्पराअनुसार भोली अन्तेष्टि गरिने भएको छ । उने लिम्वू भाषा साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका थिए । साहित्य लेखनकै क्रममा उनले थुप्रै पटक जेलनेल पनि भोग्नु परेको थियो । साहित्यमा उत्तरवर्ती सोचको विकास गरेका थाम्सुहाङको निधनले समग्र साहित्य क्षेत्रलाई नै स्तव्ध तुल्याएको छ । पाँचथरे साहित्यकारहरुले भने आफूहरुले अभिभावक गुमाएको बताएका छन् । लिम्वू भाषाका साहित्यकार तथा किराँत याक्थुङ चुम्लुङका वरिष्ठ संरक्षक राजेन्द्र जवेगूले उनको असामयिक निधनले लिम्वू साहित्य मात्रै नभई नेपाली साहित्य क्षेत्रमै अपरणीय क्षति पुगेको बताए । आफ्नो जातिय पहिचान र अस्तित्व बचाउनु पर्छ भन्ने उनको भावना रहेको जवेगूले बताए । 

साहित्यकार भवानी तावाले थाम्सुहाङ पुष्प सूव्वाको निधनले विशेषगरी लिम्वू भाषा साहित्यमा क्षति पुगेको प्रतिक्रिया दिए । नेपाली बाहेक अन्य भाषामा लेखिएका साहित्यलाई हेर्ने राज्यको दृष्टिकोण नै नकारात्मक रहेको भन्ने उनी राज्यलाई मन नपर्ने लिम्वू भाषामै साहित्यक साधना गर्नु आनन्ददायक भएको बताउँथे । साहित्यबाटै क्रान्तिकारी ध्वनी गुञ्जाउने उनलाई वि.स.२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यवहादुर थापाको ठाडो आदेशमा धनकुटाको राजारानीबाट प्रहरीले गिरफ्तार गरेको थियो । साहित्यिक कर्ममा रहँदा थुप्रै पटक जेलनेल व्यहोरेका उनी सिक्किमबाट पनि साहित्य लेखनकै कारण देश निकालामा परेका थिए ।  तत्कालिन सिक्किमे राजाले उनको टाउको मूल्य तीन लाख तोकेको उनको आत्मावृतान्तमा उल्लेख छ । उनको कविता,कथा,निवन्ध,समालोचना,मुक्तक,नियात्रा लगायतका साहित्यक विद्यामा सशक्त कलम चलेको थियो ।

हालसम्म १८ वटा कृति प्रकाशित भएका छन् । इन्द्रकिलको एकतारा(वि.स.२०२९),अदृश्य व्यथा(वि.स २०३०)इत्निहा ?(वि.स.२०५७),लिम्वू छन्दहरु(वि.स.२०५८),लिम्वू भाषा समालोचना(वि.स.२०६१),कुल्चिएको अस्तित्व(सन् २००५),विरासतको कायकल्प(वि.स.२०६६),से?लाक नु पाङ्येक्(वि.स.२०६६)याक्थुङ हुप्पान् (वि.स.२००६६)कथान्तर(वि.स.२०६७),मक्खिवा फूङ(वि.स.२०६७) र सेन्दिसेसाप्(वि.स.२०६७),याक्थुङ साप्सक्रेन (वि.स.२०६८)आधि?(वि.स.२०६८),पाङ्वाहा ?(वि.स.२०६८),थाम्सुहाङ वंशावली(वि.स.२०६८) सेप्माङवा फूङ (वि.स.२०६९) प्रकाशित छन् । सिक्किमको राजनीतिक परिवेश चित्रित चौरी भेँडा र ठूटो रुखहरु प्रकाशोन्मुख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ