arrow

यू–१९ महिला क्रिकेटमा मलेसियामाथि नेपालको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
nepal-cricket-u19-women.jpg

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले सहज जित निकालेको छ । युकेएम ओभलमा बिहीबार नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो ।

नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् ।

नेपालकी कप्तान कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन् ।  यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् ।

यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ ।

नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो । नेपालले ५ खेलमा ६ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराउँदा चौंथो खेलमा थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो ।

मलेसियाले ५ खेलमा ४ अंक जोडेर चौंथो स्थान हासिल गर्यो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेकामा यूएई र थाइल्याण्डमध्ये एक टिम विश्वकप यू–१९ खेल्न पाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ