arrow

स्थानीय तहको मतदानको दिन सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी थुनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन (बैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् । उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार एक सूचना जारी गरी जनाएको छ । 

नयाँ बानेश्वरस्थिगत सडकमा विष्फोट गराएर फरार रहेका उनीहरुको खोजतलासका लागि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो । उनीहरुको पहिचान गर्न प्रहरीले अनुसन्धानका विविध विधि तथा प्रविधिहरुको प्रयोग गरेको थियो । यसरी थुनामा जानेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर घर भई भक्तपुर बस्ने युवराज थापा र खोटाङका भरतकुमार राई रहेका छन् । 

अभियुक्त राई यसअघि विभिन्न समयमा हातहतियार खरखजना, बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारवाही गरिएका व्यक्ति हुन् । अनुसन्धानमा उनी मिडियाको आवरणमा जनताको सुसूचित हुन पाउने अधिकारलाई समेत तोडमरोड गर्दै आतङ्क मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको खुल्न आएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ