arrow

जलेर दुई घर नष्ट, २७ खरायो र १० कुखुरा मरे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
fire-final_1618024271.jpeg

कर्णाली । गएराति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११ः३० बजे आगलागी भएको थियो । 

उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ ।

त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबँसी नगरपालिका–३ सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

राति ११ः३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ