arrow

जिसस बाँकेमा कांग्रेसका ज्ञानेन्द्र चौधरी निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
jisasa-banke.jpg

नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए। उनी डुडुवा १ बाट वडा सदस्यमा निर्वाचित भएका थिए। 

यस्तै महिला सदस्यमा जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलहरुबीच भएको भागबण्डालाई अस्वीकार गरेको जसपाले प्रमुख र महिला सदस्यमा छुट्टै उम्मेदवारी हालेको थियो । आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि गठबन्धनकारी दलहरूलाई समेट्दै कांग्रेसले आफूले प्रमुख र उपप्रमुखसहित ३ जना खुला र एक दलित अल्पसङ्ख्यक सदस्य राखेर जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई १/१ जना महिला सदस्य दिएको थियो । 

उपप्रमुख, दलित अल्पसङ्ख्यक र खुला सदस्य भने यसअघि नै निर्विरोध भइसकेका थिए । कोहलपुर ५ बाट वडा सदस्यमा निर्वाचित भएकी नेपाली कांग्रेसकी सीता कार्की उपप्रमुखमा निर्विरोध भइसकेकी थिइन् । 

यस्तै दलित अल्पसङ्ख्यक सदस्यमा पनि निर्विरोध भएको थियो । नेपालगञ्ज २ का जगदीश वाल्मीकि निर्विरोध भएका थिए । खुला सदस्य पनि तीन जना नै निर्विरोध भए। नेपालगञ्ज ५ का उदय नारायण मिश्र, जानकी ५ का जुल्फेकार अली मनिहार र कोहलपुर १५ का सन्त कुमार थारु निर्विरोध भएका हुन् । तीन जना नै कांग्रेसका हुन् । बाँकेमा कांग्रेसका १२, जसपाका ३ र माओवादीका १ जना मतदाता हुन् ।

गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू समेत जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार हुन पाउँछन् । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउँछन् ।

जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू समेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।

अन्य तीन जना सदस्यहरू गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरूबाट उम्मेदवार भएर आउँछन् । उनीहरू पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

जिल्ला समन्वय समिति गठन भएपछि अब जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरू पदेन सदस्य हुनेछन् ।जिसस बाँकेमा कांग्रेसका ज्ञानेन्द्र चौधरी निर्वाचित 

नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए। उनी डुडुवा १ बाट वडा सदस्यमा निर्वाचित भएका थिए। 

यस्तै महिला सदस्यमा जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलहरुबीच भएको भागबण्डालाई अस्वीकार गरेको जसपाले प्रमुख र महिला सदस्यमा छुट्टै उम्मेदवारी हालेको थियो । आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि गठबन्धनकारी दलहरूलाई समेट्दै कांग्रेसले आफूले प्रमुख र उपप्रमुखसहित ३ जना खुला र एक दलित अल्पसङ्ख्यक सदस्य राखेर जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई १/१ जना महिला सदस्य दिएको थियो । 

उपप्रमुख, दलित अल्पसङ्ख्यक र खुला सदस्य भने यसअघि नै निर्विरोध भइसकेका थिए । कोहलपुर ५ बाट वडा सदस्यमा निर्वाचित भएकी नेपाली कांग्रेसकी सीता कार्की उपप्रमुखमा निर्विरोध भइसकेकी थिइन् । 

यस्तै दलित अल्पसङ्ख्यक सदस्यमा पनि निर्विरोध भएको थियो । नेपालगञ्ज २ का जगदीश वाल्मीकि निर्विरोध भएका थिए । खुला सदस्य पनि तीन जना नै निर्विरोध भए। नेपालगञ्ज ५ का उदय नारायण मिश्र, जानकी ५ का जुल्फेकार अली मनिहार र कोहलपुर १५ का सन्त कुमार थारु निर्विरोध भएका हुन् । तीन जना नै कांग्रेसका हुन् । बाँकेमा कांग्रेसका १२, जसपाका ३ र माओवादीका १ जना मतदाता हुन् ।

गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू समेत जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार हुन पाउँछन् । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउँछन् ।

जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू समेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।

अन्य तीन जना सदस्यहरू गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरूबाट उम्मेदवार भएर आउँछन् । उनीहरू पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

जिल्ला समन्वय समिति गठन भएपछि अब जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरू पदेन सदस्य हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ