arrow

अमेरिका विरुद्ध नेपाल पहिले ब्याटिङमा, विश्वकप लिग टु क्रिकेटमा नेपाल जितका लागि आतुर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
nepal-usa-cricket-2022-06-11.jpg

काठमाडौं । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकासँग खेलिरहेको छ । नेपाल र अमेरिका बीचको खेल टेक्ससस्थित मोसा क्रिकेट मैदानमा जारी रहेको हो । 

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । नेपालका ओपनरद्धय आसिफ शेख र कुशल भुर्तेलले शानदार शुरुआत गरेसँगै नेपाल उच्च योगफलतर्फ अगाडि बढेको हो । नेपाल  पहिलो जितको खोजीमा छ । पहिलो खेलमा ओमानसँग जित नजिक पुगेर पनि १३ रनले पराजित भएपछि नेपालले महत्वपूर्ण २ अंक गुमाएको थियो । 

अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल भने अमेरिकालाई उसकै भूमिमा हराएर महत्वपूर्ण दुई अंक बटुल्न चाहन्छ ।

पछिल्लो चार आपसी भिडन्तमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ।

अंक तालिका 

लिग टु मा ओमान ३४ खेलमा ४२ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २० खेलबाट २८ अंकसहित दोस्रो तथा यूएई २२ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ । 

अमेरिका २१ खेलबाट २० अंकसहित चौथो, नामिबिया १४ खेलबाट १४ अंकसहित पााचौं तथा नेपाल १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । 

पपुवा न्यूगिनी २० खेलबाट मात्र २ अंकसहित पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ