arrow

चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
Arrest-Crime.jpg

सुनसरी । भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । 

चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देवकुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देवराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ