arrow

पन्थी समाजको सातौं साधारण सभाबाट नयाँ कार्यसमिति चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
286893188_764660038041375_8496453956292619010_n.jpg

बुटवल । गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज बुटवलको  सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता, समाजका उपाध्यक्ष वासुदेव पन्थीको अध्यक्षता र रामप्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि सांसद विष्णु पन्थीले शुभकामना मन्तव्य राख्दै समाजले गरेको पन्थीहरूको वंशावली निर्माण लगायत सामाजिक र अनुसन्धान कार्यको प्रशंसा गरे । उनले समाजको भवन निर्माण गर्न जग्गा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि गरे । 

अधिवेशनले वासुदेव पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत तरिकाले चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा विष्णुहरि पन्थी,सचिवमा रामप्रसाद पन्थी, सहसचिवमा हिरण्य पन्थी, कोषाध्यक्षमा प्रकाश पन्थी र सदस्यहरूमा टीकाराम पन्थी, रोमहर्ष पन्थी, पिताम्बर पन्थी, मुक्तिनाथ पन्थी, सावित्री पन्थी, दामोदर पन्थी, गीताराम पन्थी र रामप्यारी पन्थी चयन भएका छन् । 

यस्तै उक्त अधिवेशनले कृष्णप्रसाद पन्थीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन गरेको थियो । लेखा समितिको सदस्यमा लोकनाथ पन्थी र विशाल पन्थी चयन भएका थिए । भारद्वाज गोत्रीय पन्थी वंशको मूल थलो गौली भन्ने ठाउँ हो भनेर भनिएकोले त्यसैलाई आधार मानी पन्थी वंशको वंशावली तयार गर्न र पन्थीका धार्मिक,सामाजिक,सांस्कारिक आदि विषयको अध्ययन र अनुसन्धान गर्न गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजको स्थापना २०७० सालमा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ