arrow

पाठ्यपुस्तक अपुग : हिमाली जिल्ला मनाङका विद्यार्थीले पाए ‘टपिक्स डाउनलोड’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
manang_02.jpg.jpeg

मनाङ । नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका छन् । 

जिल्लाका शिक्षकहरूले पाठ्यपुस्तकको विषयहरू डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीहरूलाई हेन्सआउट दिएर पठनपाठन गरिँदै आएको थियो । “ टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई पुस्तक पाएपछि विद्यार्थीहरूले सहजरूपमा पठनपाठन भएको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए ।

“पाठ्यपुस्तकको अभाव हटेपछि बालबालिका पनि खुसी र सहज पठनपाठनमा लागेका छन्, सरकारले बालबालिकाको भविष्यलाई असर पार्ने कार्यको अन्त्य गर्नतर्फ सचेत भए हुनेथियो”, उनले भने । पुस्तक आएपछि जिल्लाका विद्यार्थीको पठनपाठन सहज बनेको उन बताउछन् । विद्यार्थीहरू विद्यालय आए पनि पुस्तकबिनाको पठनपाठन र विद्यार्थीलाई बुझाउन पनि सहज बनाएको प्रअ कोइरालाले बताए ।

सो विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक पाएपछि होमवर्क गर्दा हुने समस्या हटेको बताउछन् । “शिक्षकले सिकाउँदा नुबुझेका कुराहरू किताब हेरेर पढ्न पाएको छ ।  किताब पाएपछि शिक्षकले दिएका होमवर्क सजिलो भएको छ”, उनले भने । 

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपार्इँले नयाँ शैक्षिकसत्र लामो समयपछि बल्ल विद्यार्थीको हात–हातमा पुस्तक थमाउन पाएको बताए । उनका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जेठको दोस्रो सातासम्म आङ्शिक पाठ्यपुस्तक मनाङ पठाएको थियो ।

“आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठनपाठन भएको थियो । अब सबै पाठ्यपुस्तक आएर विद्यार्थीसम्म पु¥याएका छौँ । विद्यार्थीहरू पनि हर्षित भएका छन्”, उनले भने । विकट क्षेत्रमा बाढीपहिराको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिकसत्र सुरु हुनुअगावै विद्यार्थीहरू अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ ।

शैक्षिकसत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक अभावका गुनासो अन्त्य भएको थियो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले करिब डेढ महिना पाठ्यपुस्तक छपाइ गर्न समय लाग्ने भनेको थियो ।

सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन् । केन्द्रले स्थानीय बिक्रेतामार्फत ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ । रासस



नयाँ