arrow

काठेपुलबाट खसेर किशाेरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
death_1618213452.jpg

डोटी । काठेपुलबाट सेती नदीमा खसेर यहाँ आज एक किशाेरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका-६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन् । 

उनको सिगास गाउँपालिका-७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो । अधिकारी रोपाइँका लागि सिगास-७ सङडा आउँदै गर्दा सेती नदीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिए । 

सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थियो ।

बाढीले बगाएको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा डोटी र बैतडीका सीमा क्षेत्रका नागरिक हाल अस्थायी पुलबाटै आवतजावत गर्न बाध्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ