arrow

महिला एसीसी टी–२० क्रिकेटमा नेपाल र भुटान मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
nepal-cricket-women-t20-qat.jpg

काठमाडौं । मलेसियामा शुरु भएको एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटमा अहिले नेपाल र भुटान खेलिरहेका छन् । यूएसडी यूकेएम ओभलमा शुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

ज्योती पाण्डे र बिन्दू रावलले ओपनिङ गरेका छन् । नेपाल सहज प्रतिस्पर्धी भुटानलाई हराउँदै च्याम्पियनशिपमा सुखद शुरुआत गर्न चाहन्छ । 

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा भुटानसँगै हङकङ, कुवेत र बहराइन रहेका छन् ।

यस्तै समूह ए मा आयोजक मलेसियासँगै यूएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूहका दुई टिम सेमिफाइनलमा पुग्नेछन् । च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ