arrow

महिला टी–२० जितका लागि नेपालले भुटानलाई दियो ९५ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
women-cricket-acc-t20-nepal-bhutan.jpg

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटको पहिलो खेलमा भुटान नेपालले दिएको ९५ रनको विजयी लक्ष्य पछ्याइरहेको छ । यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ९४ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन, रुबिना क्षेत्रीले २१, इन्दू बर्माले २०, रुबिना क्षेत्रीले २१ रन, डोली भट्टले ५ रन, सीता रानामगरले ४ रन तथा ममता चौधरीले ३ रन बनाइन् । कबिता कुँवर र बिन्दू रावलले १ रन जोड्दा अश्मिना कर्माचार्य र ज्योती पाण्डेले रनको खाता खोल्न सकेनन् ।  सुन्य रनमा आउट भए ।

भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले समान १ विकेट लिए ।

जवाफमा भुटानले पनि कमजोर शुरुआत गरेको छ । ११ रन जोड्दा ३ विकेट गुमाइसकेको छ । कबिताले २ तथा अश्मिनाले १ विकेट लिएका छन् । जारी च्याम्पियनशिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्द्वी हो । 

यो प्रतियोगितामाः 
च्याम्पियनशिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा भुटानसँगै हङकङ, कुवेत र बहराइन रहेका छन् ।

यस्तै समूह ए मा आयोजक मलेसियासँगै यूएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूहका दुई टिम सेमिफाइनलमा पुग्नेछन् । च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ