arrow

एसीसी महिला टी–२० मा नेपालको शानदार शुरुआत, भुटानमाथि ५० रनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
women-cricket-nepal-t20-2022.jpg

काठमाडौं । नेपालले मलेसियामा शुक्रबारदेखि शुरु भएको एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटमा विजयी शुरुआत गरेको छ । भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद शुरुआत गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा अलआउट हुँदै ४४ रनमात्र बनाउन सक्यो । भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोडिन् । पेमा सोल्डेनले ४ रन बनाइन् ।

पाँच खेलाडीले १ रनमात्र जोडेको इनिङ्समा एक खेलाडीले खाता नै खोल्न सकिनन् । 

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ६ रन खर्चेर ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सीता राना मगर र इन्दू वर्माले १–१ विकेट लिए ।

यसअघि यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन, रुबिना क्षेत्रीले २१, इन्दू बर्माले २०, रुबिना क्षेत्रीले २१ रन, डोली भट्टले ५ रन, सीता रानामगरले ४ रन तथा ममता चौधरीले ३ रन बनाइन् । 

कबिता कुँवर र बिन्दू रावलले १ रन जोड्दा अश्मिना कर्माचार्य र ज्योती पाण्डेले रनको खाता खोल्न सकेनन् ।  सुन्य रनमा आउट भए । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले समान १ विकेट लिए ।

जारी च्याम्पियनशिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्द्वी हो । नेपालले दोस्रो खेलमा शनिबार कुवेतसँग खेल्नेछ । 

यो प्रतियोगितामाः 
च्याम्पियनशिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा भुटानसँगै हङकङ, कुवेत र बहराइन रहेका छन् ।

यस्तै समूह ए मा आयोजक मलेसियासँगै यूएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूहका दुई टिम सेमिफाइनलमा पुग्नेछन् । च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ