arrow

नेपालले भुटानसँग भन्दा कुवेतसँग बनायो बढी रन, कुवेत एक सय आठ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
nepal-cricket-women-t20-2022.jpg

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटमा नेपालले कुवेतसँग खेलिरहेको छ । जितका लागि नेपालले कुवेतलाई १ सय ८ रनको लक्ष्य दिएको छ।

किन्रारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन् । उनले अविजित रहँदै २७ बलमा उक्त योगफल बनाएकी हुन् । 

यस्तै इन्दू बर्माले ३३ बलमा अविजित रहँदै २८ रन बनाइन् । ज्योती पाण्डेले १५, बिन्दू रावलले ११ रन बनाइन् । 

नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यसअघि पहिलो खेलमा शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । 

च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

च्याम्पियनशिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ