arrow

एसपीपी : 'सेनालाई विवादमुक्त राख्नुपर्छ' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
spp-nepal-state-partnership.jpg

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली सेनालाई विवादमुक्त राख्नु पर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सेनालाई विवादमा ल्याउनु दुखद भएको बताए । 

उनले त्यस समयको राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्ने बताए । उनले पछिल्लो समयमा एकपछि अर्को गर्दै नेपालका इन्स्टिच्युसनमाथि प्रहार भएको र त्यसको अध्ययन गर्नुपर्ने बताए । 

नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) का लागि पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई लेखेको पत्र बाहिरिएपछि सेना विवादमा तानिँदै आएको छ  । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले एसपीपी सेना मुछिएको भेटिएको बताए । उनले सरकारले अमेरिकासँग सरकारले एसपीपीलाई लिएर कुनै पनि सम्झौता नगर्ने बताए । सत्ता गठबन्धन तथा प्रतिपक्षी दल समेत एसपीपीको विपक्षमा रहेकाले देउवा सरकारले उक्त राष्ट्र हित विपरीत हुने सम्झौता नगर्ने स्पष्ट पारे । 



नयाँ