arrow

रोड्रिगो डुटेर्टेकीकी छोरीले लिइन् उपराष्ट्रपतिको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
sara-dutetre.jpg

काठमाडौं। फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी जेठी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिको शपथ लिएकी छन्। सारा डुटेर्टेले फिलिपिन्सको डाभाओ सहरमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध गर्ने वाचा गरेकी थिइन्।

राष्ट्रिय राजनीतिमा आउनुअघि ४४ वर्षीया सारा डुटेर्टेले आफ्नो बुबाबाट एक दशकअघि डाभाओ सहरको मेयरको जिम्मेवारी लिएकी थिइन्।

उनले आफ्ना प्रतिद्धन्द्ध फर्डिनान्ड मार्कोस जुनियर जो अब राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्, उनकै छेउमा शपथ लिएकी हुन्।

'आगामी दिनहरू चुनौतीहरूले भरिपूर्ण हुन सक्छन् जसले हामीलाई राष्ट्रको रूपमा अझ एकताबद्ध हुन आह्वान गर्दछ,' डुटेर्टेले भनेकी छन्।

फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति र सारा उपराष्ट्रपतिका रूपमा ६ वर्षको कार्यकाल औपचारिक रूपमा जुन ३० मा सुरु हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ