arrow

लगातार तीन जितसहित नेपाल एसीसी महिला टी–२० च्याम्पियनशिपको सेमिफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
mahila-cricket-nepal-2022-acc.jpg

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । किन्रारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको झिनो लक्ष्य नेपालले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् । कविता कुँवरले अविजित ३ रन बनाइन् । इन्दू बर्मा रन नबनाइ पभेलियन फर्किएको इनिङ्समा कप्तान रुबिना क्षेत्री रनको खाता नखोली अविजित रहिन् । 

नेपालले ८ रन अतिरिक्तका रुपमा पाएको थियो । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण ७ ओभरमा झारिएको खेलमा 

बहराइनकी इशारा सुहुनले ६ रन जोडिन् । कप्तान दिपिका रासंगिका र थरंगाले २–२ रन जोडिन् ।

नेपालकी कविता कुँवर र सबनम राईले २–२ तथा अश्मिना कर्माचार्यले १ विकेट लिइन् । 

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको हो । 

जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले तथा दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ