arrow

साढे दुई वर्षअघिको दयनीय स्थितिमा आइपुग्यो नेप्से

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
nepse-stock-share-down-bear.jpg

काठमाडौं । तीव्र गतिमा ओर्लिएको शेयर बजारले सोमबार अघिल्लो बुलको उच्चतम विन्दुलाई परीक्षण गरेको छ। दोहोरो अंकले घट्दा परिसूचक १८८४.८१ को बिन्दूमा बन्द हुन पुगेको हो । पछिल्लो बुलिस मुभमा शेयर बजारले १८८८ सम्मको यात्रा तय गरेको थियो। 

यो बिन्दू नजिक परिसूचकको प्रभावशाली टेवा रहेको अनुमान अधिकांश बजारले गरिरहेको छ। यद्यपि सोमबार शेयर बजारको उतारचढाव दौरान परिसूचक १८८० को बिन्दूसम्म ओर्लिन पुग्यो। कारोबारको सुरुवातमै हावी भएको बिक्री चापले परिसूचक अनुमानित टेवा बिन्दूभन्दा तल आएलगत्तै झन् तीव्रता पायो ।

शेयर बजारको अपत्यारिलो प्रवृत्तिले लगानीकर्तामा अन्योल थपेको छ। तीन दशक लामो मुलुकको शेयर इतिहासमा बजारले अघिल्लो बुलिस हाइमा आफ्नो मेजर सपोर्ट बनाउने गरेको छ। बारम्बार दोहोरिएको उक्त व्यवहार यसपटक सार्थक हुने अथवा नहुने लगानीकर्तामाझ अन्योल सिर्जना गरेको छ। 

पछिल्ला साइकलमा यस बिन्दू नजिकिएलगत्तै शेयर बजारमा खरिदकर्ताको सक्रिय प्रदर्शनी देखिने गरेको थियो । पर्याप्त ‘एक्युमुलेसन’ले बजारको ट्रेन्ड रिभर्स नै गर्ने गरेको थियो । यद्यपि यस डिमान्ड जोनमा ‘डि«स्टिब्युसन’ को अनुपात ‘एक्युमुलेसन’को तुलनामा अधिक हुँदा, बजारको घट्दो लयले थप निरन्तरता पाउने गर्थ्यो।  

डिमान्ड जोनमै आइपुगेको परिसूचकमा अझै पनि आवश्यक ‘एक्युमुलेसन’ भेटिंदैन । परिणामस्वरूप ४९।३१ अंकको पहिरो सोमबारको सेयर बजारमा गयो । विशेषगरी बजेट सार्वजनिक भएलगत्तै बजारको गिरावटले तीव्रता पाएको देखिन्छ । बजेटअघि पनि बजार घट्ने गरेको थियो। तर बजेटपछि भने बजार निरन्तर ओरालो लाग्दै छ ।

अपवाद बनेका केही कारोबार बाहेक बजेटपछिका कारोबारमा बजार प्रायः रातो पोतेर नै बिदा हुने गरेको छ। बजेट सार्वजनिक भएपछि मात्र शेयर बजार साढे ३०० अंक अधिकले ओर्लिसकेको छ। सोमबारको बजार डेढ वर्षयताकै कमजोरसमेत हो ।  

यसै दौरान शेयर बजार निरन्तर घटेपछि लगानीकर्ता आन्दोलनमासमेत उत्रिएका छन्। उनीहरुले बजार सुधारका लागि केन्द्रीय बैंक र सरकारसँग माग राखेका छन् । 

उनीहरुको मागको सुनुवाइमा भने दुवै निकायले चासो देखाएका छैनन् । अर्थ मन्त्रालयले चार सदस्यीय एक समिति बनाएको छ । तर अहिलेसम्म यसले काम थालेको छैन ।

बजारको स्थायित्व कायम गर्न भन्दै लगानीकर्ता सडकमा प्रदर्शनी गर्दै गर्दा कारोबारको दायरासमेत साँघुरिएको छ। कारोबार पूर्णतया सेलिङ प्रेसरको अधिनमा बढेको हो। 

कारोबार खुलेलगत्तै तीव्र गतिले बजार घट्दा घाटा बहन गर्न नसक्नेहरुको जमात सक्रिय देखिन्छ। सोमबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरका कूल ६१ लाख ८६ हजार कित्ता किनबेच भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ