arrow

एसीसी महिला टी–२० क्रिकेटमा हङकङविरुद्ध नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
nepal-hk-t20-2022.jpg

काठमाडौं । नेपालले एसीसी महिला टी–२० च्याम्पियनशिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ । ओपनर बिन्दू रावलले आकर्षक खेलेकी छिन् । उनले २३ रन बनाइन् भने सीता राना मगर ९ रन बनाएर आउट भइन् । 

नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो । 

यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ ।

प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा यूएई, ओमान, कतार र सिंगापुर रहेका छन् । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ