arrow

एसीसी महिला टी–२० क्रिकेटमा हङकङविरुद्ध नेपालले बनायो १०९ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
nepal-hongkong-2022-t20.jpg

काठमाडौं । नेपालले एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध १०९ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १०९ रन बनाएको हो । 

कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३६ बलमा ३२ रन बनाइन् । ओपनर बिन्दू रावलले २३ रन बनाइन् । अप्सरी बेगमले १६ बलमा अविजित रहँदै २२ रन बनाइन् । 

सातौं विकेटका लागि रुबिना र अप्सरीले अविजित ४४ रनको साझेदारी गरेका थिए । 


नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो । 

यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ ।

प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा यूएई, ओमान, कतार र सिंगापुर रहेका छन् । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ