arrow

चार क्याच छाडेको नेपालले हार्‍यो म्याच

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
nep-hk-2022-t20.jpg

काठमाडौं । नेपाल एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको छ । मलेसियाको किन्रारा ओभलमा मंगलबार भएको खेलमा चार क्याच छाडेपछि म्याच नै हारेको हो । 

११० रनको चुनौती लिएर मैदानमा उत्रेको हङकङले ७ विकेटको जित निकालेको हो । हङकङले १५.५ ओभरमा ३ विकेटको क्षतिमा जित निकालेको हो । 

मारिको हिलले ३२ बलमा ४५ रन बनाइन् । संगीता राईले २ तथा सीता रानामगरले १ विकेट लिइन् । 

नेपालको इनिङ्स
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १०९ रन बनायो । कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३६ बलमा ३२ रन बनाइन् । 

ओपनर बिन्दू रावलले २३ रन बनाइन् । अप्सरी बेगमले १६ बलमा अविजित रहँदै २२ रन बनाइन् । 

सातौं विकेटका लागि रुबिना र अप्सरीले अविजित ४४ रनको साझेदारी गरेका थिए । 

नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा थियो । तर पराजित भएसँगै उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 

सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो । 

यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको ४ खेलमा ६ अंक भएको छ ।

प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा यूएई, ओमान, कतार र सिंगापुर रहेका छन् । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ