- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनस्वास्थ्य विज्ञ एवं पूर्व सैन्य अधिकृत डा प्रणय शम्शेर राणा सामूदायिक विद्यालय अभिभावक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । सामूदायिक विद्यालयको विकासका लागि काम गर्दै आएको अभिभावक संघ नेपालको राष्ट्रिय स्तरको संस्था हो ।
प्रशिक्षक, द्धन्द्ध व्यवस्थापक एवं अनुसन्धानकर्तासमेत रहेका डा राणालाई बालविकास एवं शिक्षा र स्वास्थ्य क्षेत्रमा दिएको योगदानको सम्मानस्वरुप संघले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
बालबालिकाको शैक्षिक विकास र कोभिड-१९को महामारी शुरु भएदेखि स्वास्थ्यका क्षेत्रमा उनले संघलाई विशेष सहयोग गरेको सामूदायिक विद्यालय अभिभावक संघका अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन् ।
योग्य व्यक्ति संघलाई आवश्यक भएकै कारण उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको संघका महासचिव बद्री तिवारीको भनाइ छ । डा राणाले शिक्षा, जनस्वास्थ्यका क्षेत्रमा र प्रशिक्षण एवं अन्य रणनीतिक क्षेत्रमासमेत काम गर्दै आएका छन् ।
लामो समय संयुक्त राज्य अमेरिकामा आफ्नो पढाइ र अन्तर्राष्ट्रिय सरकार र संघसंस्थामासमेत उच्च तहमा काम गरी आएका डा राणाले नेपालमा राजनीतिक यात्रासमेत शुरु गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेतासमेत रहेका डा राणाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने आकांक्षा राखेका छन् ।