arrow

मोटरसाइकलको ठक्करबाट दुई बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
Accident-sign.jpg

कञ्चनपुर । कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पुर्नबास वडा नं. ६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो । 

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । युपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो ।

रानामगरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर सुनुवार फरार भएका थिए । उनी नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ