arrow

एसीसी महिला टी–२० को सेमिफाइनलमा नेपालको भिडन्त यूएईसँग, यस्तो छ समीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
women-cricket-nepal-t20-2022.jpg

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२०  च्याम्पियनशिप क्रिकेटको सेमिफाइनलमा नेपालले बलियो टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्ने भएको छ । बुधबार भएको अन्तिम खेलमा कतारलाई हराउँदै यूएई समूह विजेता बन्दै सेमिफाइनलमा पृुगेको हो । 

नेपाल समूह बी को उपविजेता हो भने यूएई समूह ए को विजेता हो । नेपालको समूहबाट हङकङ समूह विजेता बनेको छ ।

नेपाल समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । हङकङले ८ अंक जोड्यो भने नेपालले ६ अंक जोड्यो । 

यूएईले ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो । अर्को सेमिफाइनलमा मलेसिया र हङकङ खेल्नेछन् । 

नेपालले यूएईसँग सेमिफाइनलमा शुक्रबार खेल्नेछ । च्याम्पियनशिपको फाइनल खेल शनिबार हुनेछ ।

फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ