arrow

नेपाल एसिया कपमा स्थान बनाउन सेमिफाइनलमा यूएईविरुद्ध खेल्दै, मौसमले ढिलाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
women-cricket-nepal-t20-2022.jpg

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । खेल मलेसियाको राजधानी कोलालम्पुरस्थित किन्रारा ओभरमा नेपाली समयअनुसार बिहान ८ः१५ देखि शुरु हुनुपर्ने भए पनि खराब मौसमका कारण शुरु हुन सकेको छैन ।  

नेपाल यूएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।  

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यता यूएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । 

जारी प्रतियोगितामा यूएई लयमा देखिएको छ । समूह ए मा यूएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको हो । 

दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनशिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुवै टोली एसिया कपमा छनोट हुनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ