arrow

भिसा समस्याले नेपाल र क्यानडाबीचको क्रिकेट तालिका परिवर्तन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
nepal-cricket-2022-06-12.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास क्रिकेट खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ । भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो । 

नेपाली टिम हालै अमेरिकाबाट एक दिवसीय श्रृंखला खेलेपछि स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक श्रृंखला खेल्ने तयारीमा छ । जहाँ नेपालले क्यानडामा दुई एक दिवसीय र दुई टी–२० खेल्ने तय भएको थियो । 

नेपाली टिम १ जुलाईमा वान्टारियो क्रिकेट एकेडेमीसँग वार्मअप म्याच खेल्नेछ । त्यसपछि ४ र ५ जुलाईमा नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ ।  

यसपछि नेपालले स्कटल्याण्ड र नामिबियासँग त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखला खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ