arrow

पाँचथरमा कार दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, एक घाइते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७९ असार १३ सोमबार
panchthar-car.jpg

पाँचथर । पाँचथरमा आइतबार दिउसो कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक झापा जलथल-५ बस्ने वर्ष ४५को प्रकाश बुढाथोकी रहेका छन् ।

 उनको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरी प्रमुख राकेश थापाले बताए ।

दुर्घटनामा परेर एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मेची राजमार्ग अन्तर्गत फाल्गुननन्द गाउँपालिका वडा नंः-३ पाङग्रेभीरमा झापाबाट फिदिमतर्फ आउँदै गरेको मे १ ज २७८४ नं.को कार आफै अनियन्त्रित भई सडकबाट ७०० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पाँचथर फालेलुङ  २ खुँगा बस्ने वर्ष ३५को भीष्म केरुङ रहेको प्रहरीले बताएको छ । केरुङलाई उपचारको लागी झापा पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ