- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभाले पनि विनियोजन विधेयक पारित गरेको छ । सभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियस भाको सोमबारको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधि सभाले गत असार २ गते सो विधेयक पारित गरेको थियो ।
विनियोजन विधेयक पारित हुँदा प्रतिनिधि सभामा जस्तै नेकपा एमाले सम्बद्ध सांसदले राष्ट्रिय सभाको बैठक पनि बहिस्कार गरेका थिए ।
सो अवसरमा विभिन्न मन्त्रीहरुले विभागीय मन्त्रालयको बारेमा उठेका प्रश्नको जवाफ दिएका थिए ।