arrow

भीरबाट लडेर मजदूरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
death_1618213452.jpg

दोलखा । दोलखाको विगु गाउँपालिका-१ लामावगरको रिकु भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

लामावगरस्थित रिकु भीरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका-१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका-१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिए । 

तामाकोसी किनारमा भीरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो । हाल शवपरीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतलामा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ