arrow

सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अङ्कले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
nepal-stock-exchange-nepse.jpg

काठमाडौँ। साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ। केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक ७४.९३ अङ्कले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ। बुधवार नेपाल स्टक एक्सचेन्ज परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा बन्द भएको थियो।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ। बुधवारको पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो।

आज कारोबारमा समेत सुधार देखिएको छ। शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ। कम्पनीको आज ९ करोड ९५ लाख २० हजार रुपैयाँको कारोबार भएको हो।

त्यस्तै, हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारको दिन भने पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ